Video Of Day

Breaking News

नेपाली समाज र बलत्कार


प्रकाश अधिकारी

उदाहरण १,

नाम अस्मिता केसी, पेशाले रेडियो पत्रकार, प्रदेश न ५ घर ठेगाना र सँचार गृहपनि । शिक्षत परिवार । रुपले मोडल भन्दा कम छैन् । आधुनिक पनि । मेरो पनि निजिकैको मान्छे थियो कुनै समय  । धेरै जसो समाजमा हुने महिला हिँसा र दुव्यावहार अनि वलत्कारको घटानको रिपोटिङ्ग गरेर सहयोग गर्थिन मलाई । भलै हाम्रो भेट इमेल र सामाजिक संजाल अनि आक्कलझुक्कल फोनमा पनि हुन्थयो । म रिपोटिङ्गको शिलशिलामा पोखरा भन्दा बाहिर हुन्छु । हाम्रा् भेट नभएको तिन दिन भयो । जव म मेरो रेडियो स्टशनको समाचार कक्षमा बसेर १२ बजेको समाचार  सम्पादन गदै थिए । मोवाईमा रिङ्गटोन बज्यो । अस्मिता कै फोन थियो  । सधै अरुको समाचार लेख्ने पत्रकारका पीडा पनि लेख्नुसन म  आस्चार्यमा परे ?? के भन्नु भाको मैले कुरा बुझ्न सकिन ? प्रश्न सोध्न नपाउदै उनि भक्कानीएर रुन थालिन । मेरो अस्मिता लुट्ने प्रयास गरियो । स्टेशन म्यानेजर बाट । तत्कार प्रतिकार गरे झ्न्डडै जोगीए । यौनपिपाशु बाट । अहिले कुनै पुरुष प्रति सकरात्मक सोच हराएको छ । धेरै ठाँउमा यस्तै भयो । यो समाजले मेरो उपस्थितिलाई किन अकै बुझ्छ ??? प्रश्न गरीन म तत्काल के गर्न सक्छु भने । आखिर तपाई नि त पुरुष नै त हो । जवाफ आयो म अक्कनबक्क भए । मनमा ठुल्लो झड्का लागे जस्तै भयो । तितो सत्य पनि थियो । 

उदाहरण २,

दिलकमल पौडेल । पेशाले साइन्स टिर्चस् । उमेर २७ बर्ष विहे भएको छैन् । हेदै हेन्सम नाम जस्तै दिल पनि कोमल छ । कुनै होष्टेलका इन्चार्ज पनि हुन र होम टियूसन पनि राम्रौ  चलेको छ । टियूसन पढाउने अभिभावक विषेशत गाँठ भएका छन् एक महिनाको ५ दखी ७ हजार सम्म लिन्छु । दिलकमल भन्छन् । कहिलेकाहिँ श्रीमान विदेश भएको महिला तर केटी जस्तै । जवानीको पनि ख्याल गरिदिनु सर भन्छन् । कैयून पटक परे हास्दै भने । प्राय जस्तो गाउँबाट बजारमा छारा छोरी बोडिङ्ग पढाउन बसेका महिला र स्थानिय धनाड्य र श्रीमान विदेश भएको महिलाहरुले यस्तो गर्ने गरिहेका छन् । दिलकमल हास्दै भन्छन् कति अँटीहरुले त विहानको फलाईटमा काठमाण्डै जाऊ उर्तै दिन विताउ बेलुका फकै सम्म भने तर म होम टियुसन नै पढाउन गहिन् । मलाई गाडि लिएर घरमै लिन आएपछि गए । ....... पोखरा त साच्चिकै पोखरा नै रैछ । मानवबेचविखनको सो्रत तथा गन्तव्य नेपाललाई अमेरीकाले विल्ला भिराईरहदाँ पोखारा पनि मानवबेचविखनको टान्जिट पोइन्टका रुपमा विकासीत भएको छ । यो किन  र कसरी भनिरहनु प्रदैन् । घामजस्तै छरर्लङ्ग छ । 

उदाहरण ३,

कुनै दिन प्रेमको आवरणमा यौन जोडी रमाउने थलो । लव्ली डाँडा आजभोली सुनसान छ । शनिबारको दिन् । त्यही सुनसान यौनको मलिलो ठाँउबाट एक आधुनिक प्रेमील जोडि प्रेम साटा साट गर्दा गदै समातिए । प्रहरी भन्छ । यी प्रेम जोडी होइन् यौन तृष्ण मेट्नको लागी आएका यौन जोडी हुन । हामीले प्रारम्भिक अनुसन्धान बाट पत्ता लगायै । प्रहरी भन्छ । कम्तीमा खुल्ला ठाँउमा यसरी यौन जन्यक्रियाकलाप गर्दा लाज मान्नु पर्ने ???

म कुनै चर्चित लेखक पनि होइन् । अनुसन्धान मेरो काम पनि । हतारिएको साहित्यको सामान्य शिकारु अनि कहिलेकाही फुर्सदको साहित्यमा पनि जानि नजानी लेख्न तम्सीन्छु । मेरो लेखैटलाइै साहित्य भन्छ कि भन्दैन् । थाहा छैन् । म एक इमानदार शिकारु अवस्य हुँ । म महिलाको विषयमा अलिक नजिक छु । कहिलेकाहीँ कलम चलाउछु पनि । त्यसैले होला महिलाको अाँशुले मलाई आगोले भन्दा ज्यादा पोल्छ । शुक्रबारको दिन डिउ्टी सकेर सहकर्मी अनिता गुरुङ्ग र घर जादै थियौ । पैदल  । घर पाएक थियो काम । सन्धयामा रोतो घाम देखिदै थियो । ३१ र ३२ गते नेपालको विकासकार्थ नेपाल बन्द गर्नेहरुले मसाल जुलुस निकाल्ने भन्ने सुइको पाएर कुरा गदै हिडिरहेको बेला मलाई एक्कासी पछाडी पट्टी बाट स्कुटीले ड्याम्म हान्यो । झण्ड्रै लडिन् । मेरो दाहिने हात र ढाँडमा नराम्रो संग चोट लाग्यो । उल्टै त्यो दिदि रुदै न रिसाउनु अब कहिल्यै स्कुटी चलाउदीन भनीन् भर्रखर शिक्दै गरेकी महिला रामबजारको व्यस्त सड्कमा हुईकाएको स्कुटीले आफ्नो र अरुको पनि ज्यान जाला अलि सेफ ठाँउमा सक्निु धन्दै अनिता र घर तर्फ लाग्यौ । बेलुका असैह्य पीडा भो । हस्पिटल गए । सामान्य उपचार पछि घर फर्के । यो मेरो महिला प्रतिको सोच र दृष्टि भने पनि आशक्ती भने पनि यही हो । यो कारणले पनि र विषेशतउ दाहरण १ को प्रसंगले मलाई यो लेख लेख्न बाध्य बनायो । 
“कुनै पनि स्त्रीको इच्छा विरुद्धको करणी वा संभोग, सतित्वहरण,जवरजस्तीको कामकाज वा अत्यचारलाई बलत्कार भनिन्छ ’’ शम्र्माको संक्षिप्त नेपाली सव्दसागरले यसो भन्छ । यही बलात्कार शव्दलाई कानुनी भाषामा जक अथार्थ जबरजस्ती करणी भनिन्छ । नेपालको कानुनले महिलालाई मात्र जक हुन्छ भन्छ । अहिले पुरुषपनि जक हुने गरेका उदाहरण अन्र्तराष्टिय समाचार मात्रै  भएन् हाम्रै समाजमा यत्रतत्र छरपस्ट हुदै गहिरहेका छन् उदाहरण २ हेरे पुग्छ । यो समाजले परिकल्पना गर्न सकिरहेको छैन् की जक पुरुष पनि हुन्छ । तसर्थ नेपालमा जक महिला माथी हुने गर्दछ । भन्ने यथास्थिती सोच हावी छ । आज भन्दा ५० वर्ष पहिले निमार्ण भएको कानुन अहिले उत्तिकै प्रभावकारी कार्य गर्न सक्दैन् गर्नु पनि महा भूल हुन्सक्छ ।   किनकी समयले काचँली फेरीसकेको छ । समाजमा हिजो समान्य लाग्ने घटना आज असामान्य बन्दै छन् । आजको समान्य लाग्ने समस्या हिजो  अनैठो लाग्थे होला । विवाह पश्चात पनि पतिले पत्नीलाई जक गर्न सक्छ र सो अवस्थामा पतिलाई सजाए दिलाउन सक्ने अधिकार कानुनले महिलालाई सुनिश्चत गरेको छ । तर अहिलेको समाजमा पुरुष पनि जक भइरहेका घटना आइरहेका छन् । कैयून पुरुषले सर्वस्व गुमाएका छन् । सड्कमा झरेका छन् अव अधिकारकर्मी, कानुनविद्धहरुले तीनीहरुको पनी बोल्नेकी ? अधिकारको ओकालत तथा पैरवी गर्दा मेरो भाई,छोरा, दिदी, बहिनी होईन वास्तविक पडित केन्द्रत हुन जरुरी छ । यो लेखको सुरुवातमा मैले तिन ओटा उदाहरण पेश गर्नुको तात्पर्य पनि यही कि अहिले समाजमा बलत्कारको घटना कसरी हुदै आएका छन र बढिरहेका छने भन्ने नै हो र समयसापेक्ष कानुन परिवर्तन हुन जरुरी छ भन्न खोजिएको हो । तर पुरुष अधिकारको पक्षमा ओकालत गर्न खोजेको होइन् । खाली अहिलोको बास्तविकतालाई बोल्न खोजेको हो । अनि आज भोली अनलाईन खवरहरुमा आउने धेरै समाचार हेर्दा श्रीमान विदेशमा श्रमति अकै संग मस्ती गदै भन्ने समाचार समान्य जस्तै बन्दै छन् । ति श्रीमति जो छन् यीनीहरुले एक्लै समाजमा अपराध गरिरहेछन् त ? के त्याहाँ पुरुष समावेश छैन ? यो अपराधको मतियारी को त ? अनि आफ्ना कलिला लालाबाला, बुढाभएका बाबा आमाको लालन पालनको लागी अरवको चर्कोघाममा काम गदै गरेको पूरुष त्यहा पत्नी वर्त भएर वस्छ ? त्यहा त्यसले गरेको दुश्कर्म सबै भुल्ने त ? यो दुवै अतिबाद हो । हाम्रो कानुन पनि महिलालाई ज्यादै भाउ दिएको छ । महिला चाहे जे पनि गर्न सक्छ पुरुषले साम दाम दण्ड भेद जे लगाए नि एसी.पी नै रहन्छ । बलत्कार र घरेलुहिँसाको हकमा । तर अन्य संरचना अधिकार पहँच र नियन्त्रणको हकमा महिला सवाल शुन्य छ भन्दा पनि अतिशयोत्ति नहोला ।  ओकालत गर्नेहुरु भन्छन् बल्कारीलाई फाँसी दिनुपर्छ । के त्यो नै समस्याको समधान हो ? होइन् बरु यो अपराधी जन्माउने  सामाजिक कारखाना बन्द गुर्न पर्छ । अनि महिला बलत्कार हुनुमा महिलाको भुमिका कति हुन्छ भनेर कहिल्यै सोचेका छौ ?? उदाहरण तिन हेर्दा खुल्ला ठाँउमा प्रेम साटासाट गरीरहेका यूवा जोडिले पनि जथाभावि यौनजन्य क्रियाकलापलाइै प्रोत्सान गरिरहेछन् । पश्चिमा संस्कृति झल्किने छोटा लुगा अनि विपरित लिङगीका ध्यान तान्ने खाल्का यस्ता कारणले पनि एक खालका पुरुष बलत्कारतिर तल्लीन भएको पनि सत्य नै हो । प्रेम सबैले गर्छन् त्यो कुनै अलौकिक कुरा भएन तर प्रेमको पनि व्यावस्थापन गरै । सुन्दर देखिने चाहनाको अभिप्राय ज्यान हत्केलामा राख्ने  होइन् । अनि महिलाहरुको मासुका डल्ला अलिकती देख्दैमा मन थाम्नै नसक्ने र पास्वीक पारा ले झम्टीनु पर्ने पनि त कहि छैन नि ? यसरी दूवै मानवरुपी पशुहरुले आफूलाई मान्छे बनाउन लाग्नु पर्छ । ओकालत गर्ने, कानुन कार्यन्वयन पक्ष र अन्य सरोकारवाला निकायले पिडित केन्द्रीत पैरवी गर्नु आवस्यक देखिन्छ । नत्र सगरमाथाको देश, गौतम बुद्ध जन्मेको देशजसरी मानब बेचविखनको स्रोत र गन्तव्य देश नेपालभएको छ  । बलत्कारीको देश भनेर चिनिन के बेर ।।।।  
                                                                   लेखमा समावेश गरीएको पात्रको नाम परिवर्तन गरिएको छ । 

No comments

Please do not enter any Spam link in the Comments box.