Video Of Day

Breaking News

तिमीलाई कास्टिङ्ग काउचको बारेमा केही थाहा छ कुसुम ?




प्रकाश अधिकारी

हिमाल जस्तै अटल ।  कुसुम श्रेष्ठ  । रातारात तरकारीवाली  । नयाँ सेलीब्रेटी । आधुनिक बजारको नयाँ खेलौना  । मिडियाको करामत भनौ या उनको सौभाग्य । अहिले यस्तै यस्तै व्यापार आधुनिक बजारमा निकै फापेको छ ।  मेरो ठुलो हैसियत छैन् । जस्ले रातारात कुसुम बाट तरकारीवाली  बनाउने हैसियत राख्दछन् ।  भलै हामी सवै आधुनिक समाजको कल्पना गरिरहेका छौँ । मैले भन्नु प्रदैन् । आधुनिक समाजमा हरेक बस्तुको विज्ञापनको आधारमा मोलमोलाई हुन्छ ! किनबेच हुन्छ । र व्यापार अपार हुन्छ  । मैले अधिल्लो आलेखमै लेखिसकेको छु ।  विज्ञापन विनामा यो समाजमा कुनैपनि वस्तुको विक्री वितरण हुनै सक्दैन् ।  नारीवादी बनेर । एकाध हाइप्रोफाइल पुरुषसंग हिमचिम जोडिए पछि स्वतन्त्रताको ढ्वाङ्ग फुकेर । हामी पुर्ण स्वतन्त्रता भयौँ भनेर उद्घोष गनेएहरु झन् नवुझ्ने कुरै भएन् ।

समाजले महिलालाई गमलाको सुन्दर फूल बनाएको छ । यो सहि होइन्  । तिम्रो पक्षमा छैन् ।  तोड्नु छ । यस्ता हजारौ पर्खालहरु तिमीले  । म पनि यही कुहिएको समाजको मतियार पुरुष ।  मैले यसो भनिरहँदा म महाअराजक पनि हुन्छु । मलाई थाहा छ । तिनिहरुको नजरमा ।   जो विश्व विद्यालयको डबल डिग्री हाँसिल छन् । शिक्षित छन् । नारी शिक्षित हुन जरुरी छ । मलाई लाग्छ शिक्षित हुनुको अर्थ कुनै इतिहास, भुगोल, विज्ञान या यस्तै यस्तै पढेर डिग्री प्राप्त गर्नु होइ्न । शिक्षित हुनुको अर्थ हो आफ्नो अधिकारको बोध हुनु । महिला कसैको खेलौना होइन, पुतली होइनन् , जसलाई जतिबेला मन लाग्यो , जसरी खेलाउन मन लाग्यो उसरी खेलाउन सकोस् । बस्तु पनि होइनन् ।  थोक वस्तु जस्तै मोलमोलाई गर्न सकियोस् । महिला मेसीन पनि होइनन्  । वच्चा जन्माउने ।  शिक्षित हुनुको अर्थ हो महिला पनि मानब हुन भन्ने बारेमा सचेत हुनु । 



 यो समाजले शारिरीक सौन्दर्य नै महिलाको मुख्य सम्पती मान्छ  । यो गलत छ । नारीको वास्तविक र दिगो सुन्दरता भनेको उनको शिष्टता, शलिनता, सभ्यता, आचण, परिवार र समाज प्रती जिम्मेबारी र हामीमा यी दुवै सुन्दरता भए सुनमा सुगन्ध हुनेछ । तर खै त व्यावहारमा ? 

केही महिलाबादीहरु भन्छन्  :  महिला स्वतन्त्रता छन् । चाहान्छन् । यो निकै राम्रो कुरा हो । तर आधुकिनताको नाममा शोषण भएको छ कि छैन  ? यो कुरा उनीहरुले अनुमान पनि लगाउन सकेका छैनन् । हजारौ कुसुमहरुको वौद्धिकता,प्रतिभाको सम्मान भन्दा,भर्जिन जवानीसंग खेल्न आतुर छन् । यौनपिपासुहरु उनीहरुसंगै हातेमालो गरीरहेका छन् । महिलाहरुनै महिलाको विपक्षमा छन् । स्वयंम चुपचाप छन् ।  तिनीहरुलाई के राम्रो या नराम्रो भन्ने नै पत्तो छैन् । शिक्षित भएर अशिक्षित । ति बैद्धिक त हुदै होइनन् । मात्रै बैद्धिक अपाँग हुन्  ।  तिनीहरु नारीबादी त यसै होइनन् ।  नारी भएर पुरुषतन्त्रका मतियार हुन् । महिला विरोधी हुन् ।  अपबाद बाहेक । अपवाद उदाहरण बन्दैन । तर जो महिलामुक्तिकै निम्ती साच्चै आफ्नो सम्पुर्ण खुसी र जीवनको बाजी लागाएका छन् उनीहरुलाई सम्मान र सलाम छ ।

केही बैद्धिक खाइपल्टेका पुरुषहरु भन्छन् ः  महिला नै महिलालाई सामाग्री बनाउने पक्षमा बोल्छन् भने हामी पुरुषलाई त कायदा नै हुन्छ । कुचोले गर्ने काम बतासले गर्दछ भने डबल फाइदा  । यो सत्य जस्तो पनि लाग्यो । विद्धवाननै भए पनि आँखा चिम्लेर विश्वास नगर्ने स्वाभवको मुनुवा म निकै छट्पटिमा परे एकछिन् ।  आज मात्रै  एक नेपाली चर्चित मोडेल तथा नायिकालाई मेरो कार्यक्रम ट्रनिङ्ग प्वान्टमा अक्सर तपाईलाई कस्ता पुरुष मन पर्छन् ? प्रश्नको उत्तर बढो गर्वका साथ “एग्रेसिभ” पुरुष मन पर्छ । यदि पुरुष “एग्रेसिभ” नभए मजा नआउने उनको आशय थियो । म अवाक भएँ । ति बैद्धिकले भनेको कुरासंग यी आधुनिक नारीको विचार मेल खायो । मलाई लाग्ने हाईन लोग्ने मानिस चाहिन्छ भन्ने मोडल स्मीता थापाको कुरै बेग्लै भैहाल्यो  । उनले त पुरुष मेरो लागी खेलौना हून मनलागे युज गर्छु  । नलागे गर्दीन् । समेत भनिन् । उनी बारे राजेन्द्र थापाले खेलौना नै लेखे । आश्वानी कोइलराले उनी बनाए । र स्मीता नै एउटा ब्राण्ड बन्यो । सबैलाई थाहा छ यो संसार पुरुषहरुको हो । अझ नेपाल मात्र पुरुषको । यो अलिक चित्त नबुझ्न सक्छ । सत्य गुलियो हुने कुरा पनि भएन । ...
लेखक प्रकाश अधिकारी
अब देख्ने छौ 
चरित्रको विचित्र चरित्र
र्भखरै त तिम्रो कुर्था उतारे 
फुटो सुट भएको छ 
तिमीलाई कास्टिङ्ग काउचको बारेमा
केही थाहा छ  कुसुम

अहिले समाजकोरुप विचित्र र अजंगको देखिएको छ ।  समाजमा महिला नामक वस्तु नयाँ हावाको रुपामा प्रवेश गरेको छ ।  दक्षिणी स्वच्छ हावाको सट्टा पश्चिमी हावा वेगले बहेको छ ।  कवि रामगोपाल आशुतोष कवितांशसंगै सोचे आधुनिकता र अधिकारको नाममा कुसुम र हजारौ कुसुमहरुका अँग प्रत्याङ्गको विक्री वितरण गरिन्छ । खुलेआम । महिलाबादी चुपचाप छन । आखिर किन  ? खै कहाँ छन् महिलाअधिकार कर्मी हरु  ? हाम्रो धमकर्म रितिरिवाजका नाममा  महिलालाई एउटा वस्तु सरह दान दिईन्छ र बेचिन्छन्  । यसलाई महिलाहरु आफ्नो अधिकार या सौभाग्य सम्झन्छन्  । यो आलेख लेख्नु अघि केही भन्छिन अधिकारकर्मी, ओकालतकर्मी र केही लेखकहरुलाई नारी सौन्यर्ताबारे जिज्ञासा राखेको थिएँ । उनीहरु भन्छन् :  यो समाजले शारिरीक सौन्दर्य नै महिलाको मुख्य सम्पती मान्छ  । यो गलत छ । नारीको वास्तविक र दिगो सुन्दरता भनेको उनको शिष्टता, शलिनता, सभ्यता, आचण, परिवार र समाज प्रती जिम्मेबारी र हामीमा यी दुवै सुन्दरता भए सुनमा सुगन्ध हुनेछ । तर खै त व्यावहारमा ? 

 युनिभर्सिटी अफ कोलोराडो डेनभर विजनेस स्कूलको एक अध्ययन भन्छ । ‘राम्री महिलालाई रोगगारीका केही अवसरहरुमा प्रवेश निषेदको व्यवहार गरिन्छ ।’ अनुसन्धान तथा अन्वेषण, वित्त, इन्जिनियरिङ, सेक्युरिटी तथा निमार्णसम्बन्धि काममा उनीहरुलाई लिइदो रहेनछ । राम्रो हुनु त फाइदाजनक मात्र रहेनछ नि भन्ने प्रश्न यहाँनिर खडा हुन्छ । राम्री केटीलाई सबैले आँखा लगाउने, जिस्क्याउने, उसप्रति खराव नजर राख्ने, मन पराउने नाममा दुःख दिने जस्ता गतिबिधी हाम्रै समाजमा हुने गर्छन् । सुन्दरता भन्ने कुरा कसैसँग कम होला, कसैसँग बढी होला यात कसैसँग नहोला तर मन भन्ने कुरा त सबैसँग भएकै कुरा हो । महत्वपूर्ण कुरा त्यो हो जसको अनुहार होइन मन सुन्दर होस् र उसले अरुलाई पनि सुन्दरता छर्न सकोस् ।


अहिले नेपालमा शक्तिशाली नेतृत्व तहमा महिलाहरु पुगीसकेका छन्  । यो ऐतिहासिक त हुदँै हो महिला आन्दोलनको लागी ठुलो सफलता पनि । केही निकायमा पहुँच भयो या महिला पुगे भनरे उत्वस मनाउनु बेकार छ । पितृसत्ता जतातै लुकेको छ ।

लामो समय देखी धर्म र पुरुषतन्त्रको विरुद्ध आगो ओकल्ने लेखिका तस्लिमा नसरीन भन्छिन : अहिले पनि महिलालाई १०० बर्ष पछाडि धकेल्ने सड्यन्त्र भइरहेको छ  । स्वास्नीमानिसहरु फेरी हत्कडी पहिरिऊन् ।  सृगारपटार गरुन् । सुन्दरी बनुन् । घरबाहिर सौन्दर्य प्रतियोगिताको दौडमा कम्मर कसेर लागून् । चारैतिर स्वास्नीमानिस शरिरको हाटबाजर सजाएर बसून् । अफसोच । सचेत भनेर गुणगान गरिने स्वास्नीमानिस नै यस्तो चाहान्छन् भने पुरुषहरु रमाइरमाई मस्ती गर्छन् । पुजीँबादको आडमा भित्रिएको आधुतिकता थोक बस्तु सरह बेचिएको चाल नपाउने बुज्रुकहरुलाँई के भन्ने ??  यस्तो विचार निश्तेज पादै अगाडी बडन जरुरी छ । 

अहिले नेपालमा शक्तिशाली नेतृत्व तहमा महिलाहरु पुगीसकेका छन्  । यो ऐतिहासिक त हुदँै हो महिला आन्दोलनको लागी ठुलो सफलता पनि । केही निकायमा पहुँच भयो या महिला पुगे भनरे उत्वस मनाउनु बेकार छ । पितृसत्ता जतातै लुकेको छ । अहिलो त झन् सबै क्षेत्रमा महिला प्रर्दशनका लागी मात्र राखिने फेशन मौलाएको छ । किनकी सबैले महिला स्वतन्त्रता भनेका छन्  । राज्य सक्तानै हातमा लिए जस्तो फूँइ पनि सुनिन्छ । बेला बेला  । राज्यका हरेक निकायका पहुँच त हुनै पर्यो निणायक भुमिका,  क्षमता र शक्ती जुटाउन जरुरी छ । निणार्यक ठाँउमा उचित स्थान नभए पछि केवल सो पिस मात्र बन्द्छन् महिलाहरु  । जसरी उनीहरुलाई अहिले पनि सहि भन्दा गलत तरिकाले उपयोग गरिएको नजीर हाम्रौ सामु घाम जस्तै छर्लङ्ग छ । 

No comments

Please do not enter any Spam link in the Comments box.