Video Of Day

Breaking News

तिमीलाई बलात्कार गर्ने मन छ !

प्रकाश अधिकारी

खोसिएर मानवता,
लुटिएर अस्मिता,
मेटिनै लागेको बेला अस्तित्व
दु:ख र दर्द घना बनेको बेला
आँखाबाट रुप्से बगाउदै बगाउँदै
साधकहरुको साधनाभुमि
टेकेको छु प्रथम पाईला
ऋषिमहर्षीहरुको तपस्थली
गलेश्वरधाम
अलिकति जिजिविषा साँचेर


फुल जस्तो जीवन
जुन जस्ता सपना साँचेर
मानवता खोसिएको भुमिबाट
म आँएको हँु
रोट,बर, बाच्छी र बेलपत्र चढाउन्
विन्ती सुनिदेउ मेरा मधुर पुकारहरु !



होलान कोही , आए होलान
उ त्यो धौलागीली हिउँचुलीलाई
सुर्यले चुम्न नपाउँदै
दर्शानार्थ तिमीलाई
गरे होलान्
नियमित शारीरिक सेवा
बासनाले उम्लिएर ,
र गए होलान्
थोरै पानी फेरेर
तिम्रै नाममा

र आए होलान्
पापी जाली र दुष्टहरु
उल्लु, हराम र स्वाँठहरु
‘म’जस्ता म’हरु पनि
उ’जस्ता उनीहरु पनि
अतृप्त चाहना बोकेर,
आजादीे साम्राज्य स्थापनार्थ
सुनचाँदिका एक सय आठ बेलपत्र बोकेर
तिम्रो समीप

मलाई अरु कसैमा विस्वास  छैन्,
यदि तिमी साच्चीकै
देवाधिदेव महादेव हौ भने
मलाई न अस्ताउने चेतनाको सुर्य देउ
मलाई न ओईलाउने प्रेमको फुल देउ
ताकी ,आफैंले आफैँलाई परिभाषित गर्न सकुँ
दिन सँकु दिव्य उपदेश
ब्रह्माणका बौद्धिक अपांगहरुलाई
चक्रशिला साँचिराखेर
कृण्णा तटमाथी
राजर्षि जडभरतले जस्तै

म धर्ती टेकर,
आकाशका तारा हेर्ने
अथार्त भुई मान्छे
सुहाउँदैन मलाई
पुनर्जन्म
कसम, छैन् कुनै आशक्ति
सतिदेवीको गला जस्तै
पतन हुन पनि मन छैन्
बरु मन छ
बलात्कार गर्न तिमीलाई

जन्माउन सकुँ अर्को गौतम बुद्ध ।



अक्षर यात्रा,गलेश्वरधाम म्याग्दी ः २०७४ साउन, २१

No comments

Please do not enter any Spam link in the Comments box.