Video Of Day

Breaking News

आधुनिक नारी

प्रकाश अधिकारी


नेपाल टेलिभिजनको
‘गेष्ट रुम’मा बसेर
समाजको ‘कालो धब्वा’
मुटुनै काँप्ने गरी
छाउबारे दिएको
तिम्रो तर्क अन्तिम सत्य जस्तै
म एउटा दर्शक
लाग्यो यस्तो पो अभिव्यत्ती
...

प्रतिरोधी सौन्दर्यमाथी
तिम्रो समिक्षा
जब छापियो ‘सारङ्गी न्युज डटकम’मा
मेरो साराका सारा
सौन्दर्य चेत खरानी भए
मन महाशुन्य शुन्य भयो
म एउटा पाठक
लाग्यो यस्तो पो सौन्दर्य
यस्तो पो समिक्षा
...

टुडिँखेलमा
करोडौको सिँहहरुको माझमा
बाघ झैँ गर्जिएर
माग्दा आमाको नाममा नागरिकता
माग्दा समानान्तर हक
भावुक बनेका उनी
गम्भिर बनेकी तिमी
बजाईरहेका ताली
म एउटा स्रोता
सुने एउटा लोक्कल रेडियोबाट
लाग्यो यस्तो पो साहस
लाग्यो यास्तो पो हिम्मत

केही समय अघि
बोक्सी भन्दै बैद्धिक जथ्थाले
निर्धात कुटेर हत्या गरेको लक्ष्मी
तल्लो जातसंग प्रेम गरेको भन्दै
सिंगो समाजले संवेदनशिल अंगमा
लठ्ठी कोचिदिए पछि
भएको निर्मम हत्या होस्
वा,
सात वर्षिया नाबालीकाको
सामुहिक बलात्कार गर्ने
यौनपिपासु विरुद्ध
अदालतमा परेको रिटमा
तिमीले गरेको बहस
र सर्वोचको निर्णयपश्चात
पिडीतको ओठमा
लालीले उन्मुक्त गुँरास जस्तै
राताम्मे भएर फुलेको खुसि
कोट बाहिर जनताहरुले
गरेको तिम्रो जयजयकार
त्यसपछि तिमी
विदेशी अखबारहरुको लागी पनि हर्ट केक  बन्यौँ
यो पृथ्वी देखी स्वर्ग सम्मको सुखानुभुती  हो
म एउटा अभियान्ता
लाग्यो यस्तो पो समाजसेवा
यस्तो पो ओकालत
यस्तो पो सफलता
...

मेरो आस्थाको सुनगाभा तिमी
करुणकी प्रतिमुर्ती टेरेशा तिमी
सुकीले जस्तो विद्रोह गरेर
बनाएको तिम्रो इमेज
म एउटा दर्शक
एउटा स्रोता
एउटा अनुयानी
र ,
एउटा पत्रकार बनेर
नियाली रहेछु, तिम्रा हरेक आशनहरु
एकाध हाइप्रोफाइल पुरुषसंग
हिमचिम जोडिदैमा
पुर्ण स्वतन्त्रता उद्घोषनगर
ए आधुनिक नारी
भो नखोक
स्वतन्त्रताको कुरा
तिमीले कल्पना गरेको समाजमा
के एक बिरामी किशोरीलाई
बान्ता गर्न त छुट छ ?





1 comment:

  1. मानिसहरु बैभव सुख सँग अासनको अनुभव गर्छन
    कति नजिक छ बिछोड कति बियाेगान्त छ समय सोच्दै सोच्दैनन
    सेकेण्ड सेकेण्डमा समय होइन कथा बदलिन्छ
    अगाडि पर्दामा देखिएका मानिसहरु पनि बदलिन्छन
    तिम्रो कुरा हो तिमि कति मञ्चनहरुमा दोहोरिन सक्छाै
    कति अासनहरु तिमि थेग्न सक्छाै जतिबेला सम्म मञ्चित हुन सक्छाै

    लाग्दो हो तिमिलाई सिँहासनमा छाै वरिपरि नायकहरु छन
    अब त थाहा भयो होला सिँहासनबाट अासनमा नै झर्याै तिमि
    त्यस पछि अासन सकिए पछि शासन चलाउने छन थाहा पायाै होला

    के फाइदा अाफै सँग हारे पछि
    कस्को अगाडी तुजुक देखाउनु
    कुन शानले शहर बजारमा मेला भर्नु
    त्यति बेला तिम्रा अगाडि दुई बाटाहरु हुने छन
    या त हार स्वीकार या तिमिलाई हराउनेहरुलाई जीत
    दोश्रो बिकल्प उत्तम हुनेछ

    जिन्दगी बास्तबमै जिउन सिक बास्तवमै असली अासनको अनुभव गर
    अरुको खोल अाेढेर बाघ बन्नु भन्दा आफ्नै बिरालोको खोल अोढ्ने गर
    तिमिलाई अासन बनाउनेहरु एक दिन तिम्रो अासन बन्न तम्तयार हुने छन
    तिमी हिम्मत मात्र गर अनुशासन र इमान्दारीतामा कहिल्यै सँझाैता नगर

    बल्ल तिमी अाफू भएर बाँच्ने छाै अाफ्नै नितान्त नीजि हाँसाे हाँस्ने छाै
    मेरो शुभकामना छ तिमिलाई ।

    पत्रकार हुन सजिलो होला प्रकाश जी तर निभाउन उत्तिकै गार्हो छ
    नन फिक्शन र खोजी पत्रकारीता झन अाधा ठीक अाधा कम्पारो छ

    ReplyDelete

Please do not enter any Spam link in the Comments box.