Video Of Day

Breaking News

मानिसलाई नयाँ उचाईमा पुर्याउने सुत्र

 प्रकाश अधिकारी

'सलाखाँ के पछि झंककर देखा, निचे कीचड उपर चाँद देखा । किसी ने कीचड मे कमल देखा, किसी ने चाँदमा दाग देखा ।'

संसारमा हामीले हेर्नका लागी दुई आँखाहरु छन् । यी दुई आँखाले एकै पटक दुईतिर देख्न सक्दैन्न् अर्थात एउटा आँखाले एउटा र अर्को आँखाले अर्को देख्द सक्दैन यसको मतलव हो  । एक पटकमा एउटा कुरा मात्र देख्न सकिन्छ । सुन्दर संसार हेर्न आँखा सुन्दर चाहिन्छ । यो संसार अत्यन्तै सुन्दर र मोहक छ र ज्यादै कुरुप पनि  । मात्र हेराई फरक–फरक छ हुनुपर्छ  ।  अब यो संसारलाई कस्तो रुपमा हेर्ने ? कहालीलाग्दा ? कारुणीक या सुन्दर शान्त र मनोरम ?  यो तपाई हाम्रौ आँखामा भर पर्ने कुरा हो ।

एउटा बस्तुुलाई फरक मानिसले फरक देखीरहेको हुन्छ । जस्तो कि कुनै मानिसले मलाई भयानक घमण्डी या बबुरो सम्झिन्छन्, कोही भाबुक र मायालु देख्छन् होला, कोही मानिस मलाई मृत्युको अन्त्यहिन प्रतिलिपीमय जीवनको रुपमा देख्छन्, प्रेरणाको स्रोत ठान्छन् । कोही प्रतिभावान या सिर्जनशिल व्यक्तिको रुपमा बुझ्छन् । त्यो पनि तपाईको आँखा हो अर्थात तपाईंको हेराई विम्ब या सोच कोलाज । जसरी सेतीकिनार रामघाटकै नजिक बसेका मजदुरलाई बेला बेला सेतीले सताउदाँ उनीहरुले सम्झिन्छन्, अलिकतल पर बस्ने मानिसले त्यही सेतीमा बालुवाचालेर गर्जो टार्ने गर्दछन् तिनीहरुले सेतीलाई जीवनदिने नदिको रुपमा लिन्छन् । अलि तल फाँटको मानिसले त्यही नदिको पानीलाई सिँचाईको लागी प्रयोग गर्दछ र प्रसस्त सम्भावना भएको नदिको रुपमा देख्छ  । आखिर सेती सेतीनै हो नकी अर्को मलआमानहाँ या भयनाक त्रिशुली । यँहा अवस्था फरक छ, सोच फरक छ । हेराई रदृष्टिकोण फरक छ ।

जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।
विचार शक्ती

हाम्रो आफ्नो जीवन, समाज र संसारमा राम्रा नराम्रा दुवै पक्ष छन् । समाज र संसारमा राम्रा र नराम्रा दुवै पक्ष छन् । सबै भन्दा भयनाक पक्ष मृत्यु पनि हाम्रो जीवनको एउटा अनिवार्य पाटो हो । तर मान्छे कहिल्यै मृत्युको पक्षमा हुदैन् । मृत्यु खोज्दै हिड्दैन । शान्त समाधि होस् वा भीषण युद्ध, मानिस जीवनकै पक्षमा हुन्छ । मृत्युपछि पनि अमर हुन चाहन्छ । अतः मान्छेको जीवन भनेको उसको बाँच्ने आशा हो । आशा भनेको सकरात्मक सोच हो । निराशा भनेको नकरात्मक सोच हो । नकरात्मक सोचले मानिसलाई थप नकरात्मक बनाउदै लौजान्छ । नकरात्मक सोचले सकरात्मक प्रश्न जन्मिदैन र नतिजा सकरात्मक आउने कुरै भएन । थाहा छ मेरो तर्कमा तपाईको असहमती छ  । यो पनि थाहा छ मलाई अन्धकारलाई सरापेर उज्यालो आँउदैन् । निराशामा रुमलिएर भरोसाको पुल तरिदैन् । संसारमा फरक–फरक मान्छे छन् । फरक–फरक सोच, चिन्तन र विचारहरु छन् । एउटै कुरा कसैले भन्दा कस्तो अर्कोले भन्दा अर्कैै सुनिन्छ किनभने उनीहरु सोच्ने बोला फरक–फरक सोचिरहेका हुन्छन् । एउटा हातको पाँचऔँला त बाराबर हुदैँन भने फरक मान्छेको कल्पना किन गर्नु ? त्यसैकारणले कुनै कार्यको गाम्भिर्यताबारे बताउन अघि बातावरण तयार गर्नुपर्छ । नत्र हामीले एकाविहानै कुखुरा बाँस्दा कुकुरी काँ किन सुन्छौ ? फिनिस र डचहरुले फरक किन अर्कै सुन्छन् ?एउटा चराले बसन्त ऋतुमा वोउ पुग्यो ? भनेर सोच्छ  तर मानिसले किन विउ कुह्यो सुन्छ ? यसरी संसारका हरेक पक्षमा अध्यायन गदै मानिसले जीवनबनाउने कि समग्र गर्ने उसको आफ्नै 
विचार हो ।
लेखक अधिकारी, पत्रकारीता, साहित्य र प्रध्यापन पेसामा आवद्ध छन् ।


हामीपायः वृद्धलाई बलवान र दीर्घजीवी देख्छौँ । त्यो शक्ती तिनमा कहाँ बाट आयो ? केबल राम्रो विचारबाट । खप्तड बाबा भन्छन् विचारहरुमा रोगलाई हटाउने बडो भारी शक्ती छ एकचोटी परीक्षा गरि हेर त तिम्रो आश्चर्यको ठेगान रहने छैन् । अतः सकरात्मक सोच विना समग्र जीवन सुन्दर हुन सक्दैन् । अरुमा परिवर्तन खोज्ने आफूँ यथास्थितीमा रमाउने ? असहमतीमा सहमती खोज्नुको साटो सहमतीमा असहमतीको खाडल खन्ने ? यस्तो पनि सकरात्मक सोच हुन्छ ? अरुको सफलताबाट सिक्नुको साँटो डाहा गर्ने , आफँ्नो असफलताभित्र सफलतत्वहरुको खोजी गर्नुको साँटो अरुलाई सराप्ने ? संगत , समाज , प्रकृती, सीप योग्यता र क्षमताबाट प्रेरित हुदैँ अघि बढ्नुको साँटो अरुको गलती खोज्नु र खोईरो खन्नु यस्तो पनि सकरात्मक सोच हुन्छ ? फेरी तपाईको प्रश्न हुन सक्छ के सकरात्मक सोच  भन्दैमा नराम्रो विषयलाई पनि राम्रो भन्ने त ? सकिदैन् । हो, बहुमतले नराम्रो मानेको विषयलाई नराम्रो नै भन्न सकिन्छ र भन्न पनि पर्छ तर हामीले त्यसलाई घृणाको आँखाले भन्दा त्यसभित्र रहेको ‘नाममात्र’को रहेछ भने पनि सकरात्मक गुणको खोजी गर्ने आँखाले हर्ने पर्दछ अर्थात फोहोर भित्र मोहरको खोजी गर्नुपर्छ । बकबास ! मैले यसो भनिरहँदा तपाईले सोचिसक्नु भयो विरोधी , विपक्षी, प्रतिस्पर्धी र प्रतिद्धन्दी सबैको प्रशंसा गर्दा आफ्नो अस्तित्व मेटिदैन? यसमा मेरो एकदमै सरल उत्तर छ मानव विरोधी भन्ने अरु कोही नभई उसैको विचार हो । विपक्ष भनेको उस्को दृष्टिकोण हो । प्रतिस्पर्धी र प्रतिद्धन्दी भनेको उसलाई नयाँ उचाईमा पुुर्याउने शक्ति र शुत्र हो  । मलाई लाग्छ यस्तो सोचेर व्यबहार गर्दा कस्को पनि अस्तित्व मेटिदैन् बरु अझ बढ्छ ।

अन्तमा

जीवनको अन्त्य नहोउञ्जेलसम्मको अवस्थानयाँ सुरुवातगर्न पनि सकिने अवस्थाहो त्यसैले केहीगर्नु, केही हुनका लागी हो ,केही गरिदैँ छ भने हुन्छ भने रै  ईमान, लगनशिलता र उत्साहका साथ गर्नुहोस् अवस्य सफल भईन्छ । तपाँईले ‘म सबथोक गर्न सक्छु’ यो विश्वास सादा राख्नाले सव जीवकोषहरु तपाईलाई उस्तै उस्तै नै बनाई दिनेछन् तर यदि तपाईलाई  आफ्ना योग्यातमा सन्देश हुन्छ भने अव बुुझे हुन्छ तपाईको वृद्धावस्था आयो आयो । वृद्धाबस्था अर्थात निर्वलता । यो भनेको निराशा हो निराशा भनेका सकरात्मक जीवनको अन्त्य हो । अतः सँसार सुन्दर देख्न सकरात्मक सोच जरुरी छ,सकरात्मक सोच मात्र होईन माया, प्रेम र सकरात्मक हृदय भएको व्यक्ति बन्न् उत्तिकै जरुरी छ । त्यतिले मात्रैले पुग्दैन सकरात्मक चिन्तन र सकरात्मक अभ्यास पनि अनिवार्य छ । जस्ले मानवलाई जीवनका सफलता हेरेर बाँच्न सिकाउँदछ ।

लेखक अधिकारी, पत्रकारीता, साहित्य र प्रध्यापन पेसामा आवद्ध छन् ।


No comments

Please do not enter any Spam link in the Comments box.