जुन गन्तव्यमा पुग्न सहज यात्रा बनेको हुदैन् । सरल रस्ता पनि हुदैन् । अर्थात गन्तव्य छ । यात्रा र यात्री छैन् । यात्री पनि आफै रस्ता पनि आफै । अव भन्नुस् त्यो गन्तव्य र यात्रा, सहज अनि सरल होला ??? हुनत जीवन रेखा कहिल्यै पनि सरल र सहज हुदैन् । बाँङ्गो टिङ्गो हुन्छ । पत्यार लाग्दो,निस्पट अध्यारो जस्तो कस्तो कस्तो । तेति वेला अन्ययोल र निराशका पलहरुले घरजम गर्छन् । मनमा उत्साह हराउदै जान्छ । केही कोश टाँढा पुगरे हेर्दा फेरी सन्दर लाग्छ आफुले निमार्ण गरेको जीवनको रस्ता । फेरी उत्प्रेणा र आशाको सञ्चार हुन्छ । सार्थक परिभाषा खोज्न जीवनको उद्येलित हुनु अस्वभाविक होईन । सिर्जनशिलता , काल्पनिक र असल कर्मले मानिसलाई अमर बनाउछ । आज त्यही सुन्दर गन्तव्य तर रस्ता विहीन । रमाईलो तर दस्ता विहीन । असहज, अकल्पनिय यात्राको सफल यात्री डकुमेन्ट्री फिल्म मेकार रोवट जे फेल्यार्थी र उनको असल कर्म र सफल व्यक्तित्वको कुरा पनि कम्ता सुन्दर छैन् । गुलावको वगैचा जस्तै । जति वेला डकुमेन्ट्री फिल्मको संरचना यस्तै हो भन्ने थिएन् अहिले जस्ता प्रविधिको विकास करिव करिव शुन्य जस्तै थियो सँसारमा । त्यो समय र परिवेशमा अथार्थ १९९२ मा क्यानाडाको एउटा वस्ती । जनजातीहरुको वाहुल्य क्षेत्र , भुभागमा खिचिएको पहिलो सफलडकुमेन्ट्री फिल्म हो । त्तकालिन समयमा व्यवसायिक फिल्मले चार्चा पहिरकेको थियो । तर डकुमेन्ट्री फिल्मको खासै चर्चा र बिकास भएको थिएन चाए । फराकिलो सोच र धारणा पनि थिएन भन्दा अतिशयोक्ति नहोला ।

रोवट डकुमेन्ट्री फिल्मको माध्यमबाट आफ्नो भविष्य चाहान्थे । त्यो शक्ति आफुसँग भएको पत्ता पाएका थियो । यस्तो सामार्थ कमै मानिसमा हुन्छ । हुन त मानिस मात्र्रै यस्तो कस्तुरी हो जस्ले आफनो नावि आफै चिन्द्छ । मानव कस्तुरी र उनको नाविको कुरा गरौ । रोवटको साइलेनट डकुमेन्ट्री फिल्म नानुक अफ द नर्थ । फिल्मी बजार र व्यवसाय काल्पनिक संसारमा हराइरहेको वेला बास्तविक सत्य र यार्थथको रुपमा उद्बोधन भएको फिल्म हो । नानुक अफ द नर्थ क्यानडाको एउटा जनजातीहरुको जिवन शैलीलाई लिएर बनाइएको फिल्म हो । विषय बस्तु जति सरल छन् । तर निकै सिर्जनशिल र कलात्मक पनि छन् । डकुमेन्ट्री फिल्मको विषेशता नै मस्तिष्कलाई भन्दा ज्यादा हृदयलाई छुनु हो । सामान्य विषयवस्लुलाइ सिर्जनात्मक तथा कलात्मक अभिव्यक्तिद्धुारा बास्तविक सत्यको उद्घाटन गरी मानव हृदयलाई झङकृत पार्न फिल्मलाई डकुमेन्ट्री भन्न सन्छि । त्यो काम रोवटले गरे । यस भन्दा पहिले यो किसिमको साइलेन्ट डकुमेन्ट्री फिल्म बनेको थिएन् । यो नै पहिलो बन्यो ।“A bad instrument in the hands of a good artist tuns well” कुसल कलाकारको हातले विगे्रको सितारा बाट मधुर धुन निस्किन्छ । नानुक अफ द नर्थ यस्को प्रमाण हो । यो त्यहाका स्कीमो जातिको जीवन शैली, माया प्रेम, बातावरणीय परिवेश, मौसम तथा प्राकृतिक सुन्दरता संगै जीउनको लागी संर्घष, खानाको खोजी गदै जीवन गुजारा कसरी गरीएको छ भन्ने बारे जिवन्त चित्रण गरीएको छ । फिल्मको आयतन एक घण्टा अठार मिनेट पच्चिस सेकण्ड लामो भए नि अडियन्सलाई अन्तिम सम्म होल्ड गराउन सफल छ । नानुक र उनको परिवारको जीवन शैलि र र्दैनिकीलाई केन्द्रविन्दु मानेको यो डकुमेन्ट्री फिल्ममा अनेकै दृश्यले मानविय समवेदनको तारहरुलाइ हल्लाउछन् । कतै भावुक कतै ज्यादा रमाइलो त कतै अनैठो र असहस लाग्ने छ । पूर्ण शिकारी शैली, आइरसको घर, लत्ता कपडा, शिकार गर्ने तरिका,खानपानको दृश्य असाध्यै रमाइलो र अज्नवी पनि छ । तर यो फिल्ममा न कुनै पात्र बोलेको सुन्छि । नत न्यारेसननै छ । यो टोट्ली साइलेन्ट छ । यो डकुमेन्ट्री फिल्मको नैलो प्रयोग पनि हो । यो निमार्ण हुनुपूर्व थुप्रै डकुमेन्ट्री त बनेका थिए तर यस्तो धारमा यो पहिलो हो । त्यर्सैले यो डकुमेन्ट्री फिल्म मेकिङ्गको इतिहासमा फादर अफ डकुमेन्ट्री भएको हो । जनावर र मान्छेको सम्वन्ध, प्राकृतिसंगको समिप्य र संर्घषका जिवन्त तस्विर देखिन्छन् व्यागराउड र फोरगा्रउण्डमा । साथै स्कीमो जातीको संचार तथा सुचना प्रबाह प्रकिया र सिकाई अनि संस्कृतीको पनि सफल प्रतिविम्वन पाहिन्छ । त्यसैले यस्लाई एथनिक फिल्मका रुपमा पनि हेर्ने गरीन्छ । करिव दुई वर्ष अगाडी यु टुवमा अफलोड गरीएको यो एक लाख एक्काइस हजार एक सय सट्सठ्ठी जनाले हेरीसको छन् । 
काठमाण्डैका तारे होटल हरुमा हुस्कीका चुस्की संग फिल्मका कथा लेख्ने बानीलाई परिवर्तन गर्न सिर्जनात्क कार्य गर्न यो एउटा अचुक औषधी छ । यस्ले डकुमेन्ट्री फिल्मको परिभाषा दिन्छ । फिल्म यस्तो पनि हुदो रहेछ र यसरी पनि बन्दो रहेछ । हुनत अहिले प्रविधिको चरम बिकासले गर्दा सहज भएको छ तर त्यो समयको यो फिल्मलाई हेर्दा हामीलाई आस्चार्य अवस्य बनाउछ ।डकुमेन्ट्री फिल्मको स्पस्ट खाका, संरचना र सिद्धान्त विकास नभएको समयमा यस्तो ऐतिहासिक,शशक्त प्रतिनिधि फिल्म बन्नु चानचुने कुरा होइन् ।

::: प्रकाश अधिकारी ::::मानवअधिकार चलचित्र केन्द्रमा आवद्ध छन् ।