Video Of Day

Breaking News

परदेशी

माटाेकाे टीका लगाएर
नाघेकाे हाे घरकाे सँघार
बाेकेर एक सुटकेस
बुढाे घरकाे सम्झना
बा अामाकाे रहर

छाडेकाे हाे घरकाे अाँगन
मझेरीमा राखेर
बैशालु रहर
मन, मुटु....
ता कि सुबासित रहिरहुन
अाफ्नै माटाेकाे सुगन्धले

त्यतै छाडि अाएकाे छु
मेराे अँधेरीमा उदाउने शितल जुन
मेराे दुःखमा पनि मुस्कुराउने अाेठ
मेराे उदासिमा गुन्जने ताेते बासपना
केबल बाेकेर
बाध्यताकाे तमसुक
कलिला भविष्यकाे सपना

हरेक बिहान
घामसँगै उदाउछ - मेराे शितल जुन
बाेलाउछ - ताेते बाेली
पुकार्छ - अामाका माया
अनि
पाेल्छ छाति
एेठन पर्छ रात
भिज्छ शिरानी

अाखीर
किन बाँचीरहेछु याे पराई भुमिमा
म अाधा जीवन।

No comments

Please do not enter any Spam link in the Comments box.