Video Of Day

Breaking News

हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन

१. हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।– एपिक्युरस

२. हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन ।– अमिताभ बच्चन


३. हाम्रा लक्ष्य साह्रै ठूलो भएर कत्ती पनि खतरा हुँदैन बरू खतरा त तब उत्पन्न हुन्छ जब लक्ष्य साह्रै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्छ ।– माइकल एन्जेलो

४. तपाई जुन स्थानबाट यहाँसम्मन् आउनुभयो फेरि त्यसैतिर फर्केर हेरि रहनुभन्दा अब कहाँ जानुछ त्यतैतिर हेर्नु बेस हुन्छ ।– फिलिम स्किन

५. तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।– अल्बर्ट हुबार्ड

६. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।– नेल्सन मण्डेला

७. हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् ।– राल्फ वाल्डो इमर्सन

८. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।– फ्लोरेन्स नाइटिंगेल

९. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउँछ ।– विलयम शेक्सपियर

१०. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन– थियोडेर रूजवेल्ट



कोरोना भाइरसले तपाईंको यौन जीवनमा कस्तो असर पार्ला ? यसो गरे संक्रमण हुँदैन्



पाेखरा । जब संसारभरी सोसल डिस्टेन्सिङ र सेल्फ आइसोलेशनको कुरा गरिँदै छ तब प्रश्न उठ्छ यौन सम्बन्धको । कतिको मनमा कोरोना भाइरसको महामारीको यौन सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न पनि उब्जिएको होला ।

वैज्ञानिकका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट हुने कोभिड–१९ को संक्रमण यौन सम्बन्धमार्फत् फैलिएको भन्ने कुनै तथ्य फेला परेको छैन । तर हामीलाई पहिले नै थाहा छ कि सास फेर्न गाह्रो हुने यो संक्रमण कुनै संक्रमित व्यक्तिको सिधा सम्पर्कमा आएपछि सर्न सक्छ ।

युनिभर्सिटी अफ ईस्ट एंगलियामा मेडिसीन विभागका विज्ञ प्राध्यापक पल हन्टरले यौन सम्बन्धबारे बेलायती सरकारले तर्फबाट जारी गरिएको ताजा सल्लाहको अर्थ के हो भनेर सम्झाउने कोसिस गरेका छन् ।

प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि तपाईंको वा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्बन्ध स्थापित नगर्न तपाईंसँग कुनै कारण छैन । तर यदि कसैको स्वास्थ्य खराब छ वा तपाईंमध्ये एकजना जोखिमको स्थितीमा हुनुहुन्छ भने कुनै पनि प्रकारको समाप्यिताबाट टाढै बस्नु नै बुद्धिमानी हुनेछ ।’

कोरोना भाइरसः

प्राध्यापक हन्टर र अन्य विशेषज्ञले आफ्ना नियमित पार्टनरबाहेक अरु कसैसँग पनि यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्ने कुरामा सहमती व्यक्त गरेका छन् ।

न्यूयोर्कको जनस्वास्थ्य विभागका अधिकारीले यौन गतिविधीका लागि नयाँ नियम जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैन भनेर स्पष्ट शब्दमा जानकारी दिइएको छ ।

हामी सबैले अन्य व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट बच्नुपर्छ, एकअर्काबीच दुरी स्थापित गर्नुपर्छ । यसो गरे संक्रमण फैलनबाट रोक्न सकिन्छ । हामीलाई राम्रोसँग थाहा छ कि चुम्बनमार्फत् कोरोना निकै सजिलै फैलन सक्छ ।

त्यसकारण यदि तपाईं सिंगल हुनुहुन्छ भने केही समयका लागि डेटिङ गर्नबाट बच्नुहोस् । हो, यदि तपाईं सुरक्षित दुरी कायम गरेर डेटिङ गर्न चाहनुहुन्छ भने त ठिक छ ।

No comments

Please do not enter any Spam link in the Comments box.