Video Of Day

Breaking News

बुद्दिमानहरुले कमै मात्र धोका खान्छन् – राेचक कथा

धोका खाइरहेका छन, जालमा परिरहेका छन ति व्यक्तिहरु जो मुर्ख हुन्छन । कोहि त आफुलाई बाहिरि रुपमा बुद्दिमान बनाउने कोसिस पनि गर्ने गर्छन तर उनीहरु अरुबाट ठगिरहेका हुन्छन । यदि हामी अहिलको समयमा बुद्दिमान अर्थात् बाठो हुन सकेनौ भने हामीलाई जसले पनि पछाडी पार्नेछ या भनौ हामीलाई सजिलै उनीहरुको झुटो कुरामा फसाउन सक्छन ।


एक खगालायमा धेरै ठुलो संख्यामा पंक्षीहरु रहन्थे । त्यहाँ तिनीहरुलाई निकै सुरक्षित ढंगले राखिएको थियो । दुर्भाग्यवस त्यहाँ एक महामारी फैलियो, जसको फलस्वरुप खगालयमा धेरै पंक्षीहरु बिरामी परे ।


खग-रक्षक चिन्तित भए र कुनै डाक्टरको खोजीमा निस्किए । जब उनि कुनै डाक्टरको बिषयमा मानिसहरुलाई सोधिरहेका थिए तब एउटा बिरालोले उनको कुरा सुन्यो । यसप्रकार उसले खगालयका पंक्षीहरु बिरामी छन् भन्ने कुरा थाहा पायो ।


दुष्ट बिरालो जसरी भए पनि खगालय पुग्ने योजना बनाउन थाल्यो । निकै सोच-बिचार गरिसके पश्चात् उसले डाक्टर बनेर खगालायमा पस्ने निश्चय गर्यो । अन्तत: उसले एक डाक्टरको भेष बनाई र हातमा औषधिहरुको बक्स लिएर खगालयको द्वारमा पुग्यो ।


“कस्तो छ तपाइँहरु सबैलाई ? म तपाइँहरुको उपचार गर्न आएको हुँ । ल हेर्नुस् मेरो औषधिहरुको बक्स,” दुष्ट बिरालोले पंक्षीहरुलाई भन्यो । “हामीहरु बिल्कुल ठिक छौ, डाक्टर । हामीहरुलाई औषधिको आवश्यकता छैन । कृपया तपाइँ यहाँबाट चाडोभन्दा चांडो जानुहोस्,” पंक्षीहरुले उत्तर दिए ।

साथीहरु यहाँ बाट हामी स्पष्ट हुन सक्छौ कि हरेक कुरामा हामी सोचेर मात्र अघि बढ्नुपर्दछ । कुनैपनि पनि कुरामा हतार गर्नुहुदैन । यदि हामी हरेक कुरामा सचेत हुन सिक्छौं भने हामीले कसैबाट पनि धोका खानु पर्दैन । त्यसैले अघि बढ्नु छ भने सदैव बद्दिमान र चलाख बन्नुहोस्, तपाई सधै सफल बन्नुह्नेछ ।

No comments

Please do not enter any Spam link in the Comments box.