Video Of Day

Breaking News

नारी अस्तित्व


युगौ देखि
उचालिदै पछारिदै,
अनेक दर्द दु:ख खेप्दै,
चुपचाप; चुपचाप
बगिरह्यौ
तिब्र अभिलाषामा
भेट्न स्वणिम भबिस्य
निस्पट अध्यारो जिन्दगीको
@
अहिले सम्म
यो सडेको समाजले
अदृश्य ईश्वरको
डर धम्की देखाएर
जीवन भ्रम हो भनेर
अन्धकारमा बाँच्न सिकायो  तिमिलाई !
जस्तो कि ;
हावा - आफ्नै  लागि चल्दैन,
पानी - अरुकै लागि बग्छ,
घाम -  अरुकै लागि उदाउँछ,
फुल - अरुकै लागि सुगन्ध छर्द्छ ,
तिमी - पराई घर जानू पर्छ, कसैको दासी बन्नु पर्छ !
जहाँ सार्थक जीवनको मुल्य भेटिन्छ l
@
यसरी
तिमीलाई झुट सिकाउनेले
मलाई कहाँ सत्य सिकाउँथ्यो
जहिल्यै;
मलाई सर्बशक्तिमान बनायो,
के दिएन ?
सर्बमान्य अधिकार दियो
चाहेको बेला बलात्कार गर्न छुट जस्तै दियो
मन नपरे ,
भनेको मानेन,
जिउँदै जलाएर बीभत्स हत्या गर्न उस्कायो !
सरकार बहिरो बन्यो,
कानुन तमासा हेरिरह्यो !
@
तिमिलाई भनुँ ?
तिमी र म बिच
कुनै सहकार्य, सहमति हुनै सक्दैन
यो पनि सत्य होइन
तिमी न आधा धर्ती हौ !
न आधा आकाश ।
सत्य कुरा
तिमि पनि म जस्तै
स्वनामधन्य नारी
पुर्ण मान्छे हौ ।
@
यदि तिमी
पुर्ण मान्छे हौ भने
मलाई  गलत साबित गर
आऊ,
शक्ति र साहस बटुलेर
आफूमाथिका दासत्वको जन्जिन तोड्नलाई
समता,स्वतन्त्रता र सौन्दर्यताको लागि
गरेर बिद्रोह
यदि
नब उदारवादी बनेर,
सम्झौतामा गयौ भने
तिम्रो अस्तित्वनै थप संकटमा पर्नेछ
किनभने,
जहिल्यै म स्वयंसङ्ग एउटा
अलिखित सझौता गरिरहेको हुनेछु ।
सदा म मेरै पक्षमा बोलिरहेको हुनेछु ।
तिमीलाई लाग्छ ?
प्रत्येक रक्तकोषिकाहरुमा

अशान्ति भएकाले शान्तिको सम्झौता गर्ला ??

No comments

Please do not enter any Spam link in the Comments box.