Video Of Day

Breaking News

स्वतन्त्रताको हुँकार

कवि प्रकाश अधिकारी


कसैलाई पर्खाइमा राखेर,

बेसुरमा दौडिएको भगुवा प्रेमीको गाथा होइन

यादहरूका जुलुसहरूले
कुट्नुसम्म कुटेर
फर्किएको सुन्दर पीडा हो ।
स्वर्णीम भविष्यको चिन्तन हो ।
दर्द र खुसीको अद्भुत मिलन हो ।
मेरो कविता
###
मेरो कविता
हिमाल जस्तै अटल
पहाडजस्तै प्राचीन सत्य
हावाजस्तै अदृश्य
कैयन अभाव र चोटका सगरहरू चढेर
भोक र प्यासका महासागर तरेर
बनाएको उँचाइ
बचाएको स्वाभिमान
एकाएक आत्माहत्या गरिरहेछन्
बोकेर “अछुत”को भार
रोपेर भाला संम्वेदनामा
लगाएर ताला ईच्छाहरूमा
साँचेर जिजीबिषा
घाइतेमनहरू
झल्याँस्स ब्यूझेर चीरनिद्राबाट
एकाकार हुँदै,
मृत्युया मुक्तिको कसम खाँदै,
आत्मासम्मान,
पहिचान,
समताको खोजीमा
उन्मुक्तिको उडान भर्न
लामबद्ध,
प्रतिबद्ध,
जझारु मनहरूमा
आशाका आँकुरा हुर्काउँदै
खिया लागेको दिमागमा
घन ठोकेर बिचारको
अँध्यारो बस्तीमा
चेतनाको दियो बाल्दा
तिमीले गरेको व्याङ्य, र प्रहारहरूलाई
अनुवाद गरेर आफ्नै जिम्मेदारीमा
लेखिएको कविता हो
मात्र तन्नेरीको झोक होइन्
####
मेरो कविता,
कलङ्कित कीर्तिकथा
डुगडुङ्ती गन्हएको, 
सडेर सिनु जस्तै
मनुतान्त्रिक साम्रराज्यको स्तुतिगान होइन
कला पनि होइन
अन्तष्करणबाट प्रतिध्वनित
स्वतन्त्रताको हुँकार हो
हेला, उपेक्षा र तिरस्कारको
चापले बलेको आगो हो ।
शोषण, अन्याय र अत्याचारको
गहिराइबाट उठेको ज्वालामुखी हो ।

No comments

Please do not enter any Spam link in the Comments box.