Video Of Day

Breaking News

ब्ल्याक स्याडो

म तिमीलाई
न देखेको छु !
न भोगेको छु !
न जानेको छु !
तर
तिमी बिना कल्पना गर्न सक्दिन
एक्लो जीवन !

@@@

तिमिलाई
मेरै ,
दायाँबायाँ
तलमाथि
सङसंगै
हिडाउने मन छ
तर
तिमी शंकास्पद नजर लाउछौ !
मेरै ,
हो कि होईन जस्तो ।

@@@

मलाई थाहा छ
तिमी म बिना निराश हुन्छौ ।
तिमी म बिना निरस हुन्छौ ।
उराठ , उदास अनि उजाड पनि हुन्छौ ।
मलाई यो पनि थाहा छ
तिमी म बाहेक अरु केही सोचेको छैनौ !
सोच्नु पनि महापाप हुनेछ ।

किनकि
तिमी आभास गर्दै छौ l
तिमीलाई  
औधी माया गर्छु ।
आदर गर्छु ।
सम्मान गर्छु ।
सबथोक गर्छु ।
तर,
तिमी अदृश्य छौ ।
अग्निपरिक्षामा छौ !
मलाई थाहा छ
तिम्रो म ब्ल्याक स्याडो अर्थात्
तिम्रो छायां बनी म पच्छाईरहेछु !
तिम्रो मनको तखतामा स्मृतिबनी बसिरहेछु !
यो हुनै नसक्ने मिलन होइन
छुट्टाउनै पर्ने सम्बन्ध पनि होइन

आखिर किन ?
हामी सम्मुखमा आई एर्काकमा परिचित न हुने ।
किन हामी ?
मनको कुरा न खोल्ने ।

आउ प्रिय !
तिमी म तयार छु ।
सुन्य आभास नगर
कल्पना सपना बदलौ !
तिमी पनि पुर्ण नारी हुनुपर्छ जीवनलाई पुर्णता दिउ
के तिमी तयार छौ ??
कवि प्रकाश अधिकारी

No comments

Please do not enter any Spam link in the Comments box.