अँध्यारो उज्यालो
भो प्रिय
मलाई मेरै ईमान काफी छ
छैन खोक्रो राष्ट्रियता भजाएर
महान बन्नु
मलाई मेरै
सीप , पौरख श्रममा बिश्वास छ
छैन कसैको
ललिते बोलिको बिश्वास
न छ बिश्वास कुनै मनुष्य ,समूह , पार्टी वा टोलीको
लाग्छ डर न गोलीको
चाहिदैन कसैको
दया र माया
चोट खाँदा खाँदा
पत्थर बनेको मेरो मुटु
तिमी अभावको बज्र बझार
एक रति हल्लिने छैन
बरु चर्किने छ
शिसासरी
गर्याम्म झर्ने छ
तिम्रो अस्त्र बीचबाटोमा
प्रिय !
तिमी आवरणको आँखाले हेर्छौ मस्तिष्कले सोच्छै
र
निर्णय लिन्छौ
म हृदयको आँखाले हेर्छु,
हृदयले सोच्छु
र
निर्णय लिन्छु ।
हुनत
यात्राका यात्री दुबै
फरक यत्ती हो
तिमी अँध्यारोको खोजिमा छौ
म खोजिमा छु ।
हावाले भरिएको बेलून
घमण्डले भरिएको मनुवा
मलाई मन पर्दैनन्
थाहा छ दुबै आफैं पट्ट फुट्ने छन्
फेरि
म दुबैलाई उत्तिकै माया गर्छु
जति एउटा प्रेमिकाले आफ्नो प्रेमीलाई गरेको हुन्छ ।
किन थाहा छ ?
किन कि तिमीले मलाई अमर बाच्न सिकाएका छौ
No comments
Please do not enter any Spam link in the Comments box.