Video Of Day

Breaking News

‘मेरा सपनाहरु’



प्रकाश अधिकारी 

यस्तो लाग्छ
मट्टीतेलको फोहोरा छानामा खसिरहेको छ
एकाएक आगोको मुस्लो छुटेको छ
र म पुरै जलेर खाक हुदैँ  छु  ।

यस्तो लाग्छ
घर जलेर, छानोबाट
आगोको रातो धारा बगीरहेको छ
जलिरहेको अस्तिपंजरबाट
चिटचिट आवाज, सुस्त सुस्त गुन्जिरहेछ
र म अग्निरूपी सर्पको फणा फिजाउन
कोसीस गरिरहेछु  ।
यस्तो  लाग्छ ,
अहिले धुवाले पुरै वायुमण्डलमा कब्जा जमाएको छ
आगोको ज्वालाको क्रुद्द स्वर प्रतिध्वनित छ हावामा
धुँवाको बादलबाट,
सडक, बस्ती र आँगनहरुमा सुनौला ‘फिलिंगाहरु’ अविरल बर्सिरहेछन्
अव म दुविधामा छु, ब्ल्याकहोल बनु या कन्केभ लेन्स  ।
यस्तो  लाग्छ,
दन्दनी बलेको आगो, सनसनी फैलिएको पिरो धुवा
र निरन्तर बहिरहेको कुल्षित हावाले
पुरै ब्रमाण्ड  बिषालु बन्दै  छ ।
मनमा अलिकती जिजीविषा संगालेर
भिक्क्षा मागे जिबनको
आफँैले बुनेको  योजना सफल हँुदै गर्दा
उत्सवको तयारीमा रमाएका
गुरुबस्त्रमा आएका फटाहाहरुले के सुन्थे मेरो चित्कार
सताब्दियौ देखीको निरन्तर चिच्चायाहट
प्यासमा पानी माग्दा पिसाब पिलाउने
प्रिय ‘जिनियस’ म बहुत मिस गरिरहेछु !
युगौँ देखी तिम्रै लागि “पागलझैँ’ काममा जुटीरहेको म
धुँवाको बादलमा परेवाझैँ उडिरहेछन् ‘मेरा सपनाहरु’
फासिस्टहरुको डटटी गेमको शिकार भएर !
फेरी पनि ‘सङ्कटको सिरानी राखेर, सुन्दर सपना देखिरहेछु’
भत्काएर खरको छानो र बाँसको भित्ताहरु
आगोको विरूद्द सुरु गरेर योजनाबद्द संघर्ष
आँशु र निराशाले रुझेका स्वरहरु एकाकार भएर
बस्तीका पुरै घरहरु  ‘एकाएक गरेर’ स्वाहा पार्ने
“त्यसका” कोरा आकांक्षा बनाएर चकनाचुर
“त्यसको” आदर्श समाजको तान्त्रिक ठेली
मेटाएर इतिहास
रहेने छैन अस्तित्व
मात्र तिम्रो के कुरा ?
सुर्य पनि खस्ने छ
अनन्त अन्धकारमा , धरातलबाट चिप्लिएर !

No comments

Please do not enter any Spam link in the Comments box.