Video Of Day

Breaking News

नेपाली साहित्य मौलिक शैलीमा स्थापित हुन बाँकी छ – मुक्तान थेवा

पाँच प्रश्न उन्मुक्त कवि  मुक्तान थेवालाई 

प्रश्न: तपाईको लागी साहित्य के हो?

उत्तर- मेरो भोगाई र विचारलाई उत्पिडित जनतासम्म पुर्याउने एउटा क्रान्तिकारी माध्यम हो। म त्यसैका लागि साहित्यमा आएको हुँ। हेरौँ मैले कतिसम्म सक्छु।

प्रश्न: अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ? 

उत्तर- एक शब्दमा भन्नू पर्दा “ठिकठिकै”। तर यतिबेला समग्र गति र प्रवृत्तीको दृष्टिले नेपाली साहित्य त्यस्तो उर्बर चाहिँ देखिरहेको छैन। जबसम्म प्रगतिशील, जनपक्षीय साहित्यले सहि गति र हस्तक्षेप गर्न सक्दैन तबसम्म नेपाली साहित्य ठिक ठाउँमा छ भन्न सकिन्न।

प्रश्न: साहित्य लेखेर बाच्न सक्ने अबस्था छ कि छैन ?

म चाहिँ अहिलेसम्म बाँच्नका लागि साहित्य नलेख्ने मान्छे परेँ । दुई चार जना सुतेकालाई बिउँझाउन सके पनि ठूलो कुरा हो मेरो निम्ति । व्यावसायिक लेखकहरुलाई चाहिँ लेखेर बाँच्न सक्ने भैदिए राम्रो ।

प्रश्न: बिश्व साहित्यमा नेपाली साहित्यको स्थान कहाँ नेरी देख्नुहुन्छ ?

उत्तर- त्यस्तो ठ्याक्कै स्थान ठम्याउन सक्ने क्षमता मसँग के हुनु ? यति चाहिँ भन्छु कि आजसम्म विश्व साहित्यमा नेपाली साहित्य एउटा फरक परिचय र मौलिक शैलीसहित स्थापित हुन चाहिँ बाँकी छ । त्यो काम अबको पुस्ताले गर्न सक्नुपर्छ ।

प्रश्न: लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?

उत्तर- हैट! म कहाँ सल्लाह दिन सक्छु र? असली सल्लाहकार र डाक्टरसाबहरुले उडाउलान् नि फेरि । लेखक हुँ भन्नेहरूले कम्तिमा एक दुई थान चाहिँ उत्पीडित जनताको पक्षमा पनि लेखिदिए हुन्थ्यो ।

No comments

Please do not enter any Spam link in the Comments box.